अक्सन रकम बढाएर एक सय करोड पुर्याउन चाहन्छन् आईपीएल क्लबका मालिकहरू
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्लबका मालिकहरूको बैठक बोलाएको छ । बीसीसीआई र आईपीएल क्लबका मालिकहरूबिचको बैठक अप्रिल १६ तारिखमा अहमादाबाटमा हुने बताइएको छ ।
उक्त बैठकमा यसै वर्षको अन्त्यमा आईपीएलका लागि हुने मेगा अक्सनको विषयमा छलफल गरिने बताइएको छ । बैठकमा आईपीएल क्लबहरुले रिटेन गर्न (पुनः आफूसँग राख्न) पाउने खेलाडीको सँख्याको विषयमा पनि छलफल गरिने बीसीसीआईले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, आईपीएल क्लबहरु ‘रिटेन’ गर्न पाउने खेलाडीको सँख्या बढाइनु पर्ने पक्षमा देखिएका छन् । अधिकांश क्लबका मालिकले आठजना खेलाडी ‘रिटेन’ गर्न पाउनु पर्ने माग राखेका छन् ।
आईपीएलको नियम अनुसार, हाल प्रत्येक क्लबले बढीमा चारजना खेलाडीमात्र ‘रिटेन’ गर्न पाउँछ । यसका अतिरिक्त प्रत्येक क्लबले थप एकजना खेलाडीलाई राइट टु म्याच (आरटीएम) कार्डका आधारमा आफूसँग राख्न पाउँछ ।
यसरी हालको नियम अनुसार, प्रत्येक क्लबले बढीमा पाँचजना खेलाडीलाई ‘रिटेन’ गर्न पाउँछन् । तर, प्रत्येक क्लबले बढीमा दुईजना विदेशी खेलाडीलाई मात्र ‘रिटेन’ गर्न पाउने नियम छ । त्यसैले आगामी मेगा अक्सनमा क्लबहरुले ‘रिटेन’ गर्न पाउने खेलाडीको सँख्या बढाउन पाउनु पर्ने माग राखेका हुन् ।
यसैगरी बीसीसीआईसँगको छलफलमा आईपीएल क्लबका मालिकहरूले अक्सनमा खर्च गर्न पाउने रकमको सीमा बढाइनु पर्ने माग पनि गर्ने भएका छन् । हाल मेगा अक्सनमा प्रत्येक क्लबले खेलाडी खरिदका लागि बढीमा ९० करोड भारतीय रुपैयाँ खर्च गर्न पाउँछन् । तर, क्लबका मालिकहरू त्यो रकम बढाएर एक सय करोड भारतीय रुपैयाँ पु¥याउन चाहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण