अक्सन रकम बढाएर एक सय करोड पुर्याउन चाहन्छन् आईपीएल क्लबका मालिकहरू

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्लबका मालिकहरूको बैठक बोलाएको छ । बीसीसीआई र आईपीएल क्लबका मालिकहरूबिचको बैठक अप्रिल १६ तारिखमा अहमादाबाटमा हुने बताइएको छ ।
उक्त बैठकमा यसै वर्षको अन्त्यमा आईपीएलका लागि हुने मेगा अक्सनको विषयमा छलफल गरिने बताइएको छ । बैठकमा आईपीएल क्लबहरुले रिटेन गर्न (पुनः आफूसँग राख्न) पाउने खेलाडीको सँख्याको विषयमा पनि छलफल गरिने बीसीसीआईले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, आईपीएल क्लबहरु ‘रिटेन’ गर्न पाउने खेलाडीको सँख्या बढाइनु पर्ने पक्षमा देखिएका छन् । अधिकांश क्लबका मालिकले आठजना खेलाडी ‘रिटेन’ गर्न पाउनु पर्ने माग राखेका छन् ।
आईपीएलको नियम अनुसार, हाल प्रत्येक क्लबले बढीमा चारजना खेलाडीमात्र ‘रिटेन’ गर्न पाउँछ । यसका अतिरिक्त प्रत्येक क्लबले थप एकजना खेलाडीलाई राइट टु म्याच (आरटीएम) कार्डका आधारमा आफूसँग राख्न पाउँछ ।
यसरी हालको नियम अनुसार, प्रत्येक क्लबले बढीमा पाँचजना खेलाडीलाई ‘रिटेन’ गर्न पाउँछन् । तर, प्रत्येक क्लबले बढीमा दुईजना विदेशी खेलाडीलाई मात्र ‘रिटेन’ गर्न पाउने नियम छ । त्यसैले आगामी मेगा अक्सनमा क्लबहरुले ‘रिटेन’ गर्न पाउने खेलाडीको सँख्या बढाउन पाउनु पर्ने माग राखेका हुन् ।
यसैगरी बीसीसीआईसँगको छलफलमा आईपीएल क्लबका मालिकहरूले अक्सनमा खर्च गर्न पाउने रकमको सीमा बढाइनु पर्ने माग पनि गर्ने भएका छन् । हाल मेगा अक्सनमा प्रत्येक क्लबले खेलाडी खरिदका लागि बढीमा ९० करोड भारतीय रुपैयाँ खर्च गर्न पाउँछन् । तर, क्लबका मालिकहरू त्यो रकम बढाएर एक सय करोड भारतीय रुपैयाँ पु¥याउन चाहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणबारे अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्छ’
-
केहि दिनभित्रै कृषि ऐन कार्यान्वयनमा आउँछ : मन्त्री अधिकारी
-
प्रधानमन्त्रीसँग द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिको ध्यानाकर्षण
-
श्रीमती मार्न जसलाई ‘सुपारी’ दिए, उनीहरूबाटै मारिए चूडामणि
-
कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
-
प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए शपथ