बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायी शर्मा किर्गिजस्तानका अवैतनिक महावाणिज्यदूत नियुक्त

बुधबार, २८ चैत २०८०, १७ : १५
बुधबार, २८ चैत २०८०

काठमाडौँ । निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । 

 शर्मालाई बिहीबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलीपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।  नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष शर्मा गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एन्ड कम्पनीका प्रबन्ध निर्देशक हुन् । 

नेपाल र किर्गिजस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइ नेपालमा किर्गिजस्तानको लगानी भित्र्याउन आफूले विशेष पहल गर्ने शर्माले बताए ।  निर्माण व्यवसाय लगायत अन्य विविध क्षेत्रमा समेत लगानी गरेका शर्मा विभिन्न सामाजिक संस्थामा पनि उत्तिकै क्रियाशील छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप