मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट पार्टीहरू एक हुन एमाले उपाध्यक्ष शाक्यको आग्रह

बुधबार, २८ चैत २०८०, २२ : १९
बुधबार, २८ चैत २०८०

खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालका कम्युनिस्ट पार्टीहरू एक हुन सकेमात्र देश विकास हुने बताएकी छिन् । त्यसका लागि सम्पूर्ण कम्युनिस्टहरू एक हुन उनले आग्रह गरिन् । 

एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार उपाध्यक्ष शाक्यले अग्रजहरुको क्रान्तिकारी विचारबाट नेता तथा कार्यकर्ता प्रेरित भई देश र जनताको हितमा लाग्नुपर्ने बताइन् । 

अग्रजलाई सम्मान गर्दै उनीहरूको त्याग, तपस्या र योगदानको अनुसरण गर्नुपर्ने उनले बताइन् । अग्रज नेताहरूकै त्याग, तपस्या र योगदानले संविधानसभाबाट जनताको संविधान निर्माण गरेर कार्यान्वयनमा आएको उनले जिकिर गरिन् । 

जिल्ला अधिवेशनमा पार्टीका स्थायी समिति सदस्य शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवं खानेपानी मन्त्री राजेन्द्र राई लगायतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप