शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जुनियर एनटीआरको ‘देवारा’ मा जोडिए करण

बिहीबार, २९ चैत २०८०, १३ : ३२
बिहीबार, २९ चैत २०८०

हैदरबाद । फिल्म निर्माता करण जोहर अब जुनियर एनटीआर स्टारर ‘देवारा’ पार्ट वानु मा सामेल भएका छन्। करणले अक्टोबरमा रिलिज हुने यो फिल्मको उत्तर भारतमा वितरण अधिकार किनेका हुन् । रविना टण्डनका पति अनिल थडानीको कम्पनी एए फिल्म्सले पनि करणलाई यो सम्झौतामा सहयोग गर्ने छ । दुवैले युवासुधा आर्ट्स र एनटीआर आर्ट्ससँगको सहकार्यमा यो काम गरेका हुन् ।

यसअघि करण ‘बाहुबली’, ‘गाजी अट्याक’, ‘बाहुबली २’ र ‘रोबोट २।०’ सँग पनि प्रेजेन्टरका रूपमा जोडिएका छन् । यस सम्झौताको जानकारी दिँदै करणले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै लेखेका छन्, ‘म्यान अफ मास जुनियर एनटीआरको फिल्म ‘देवारा’ को हिस्सा हुन पाउँदा म सम्मानित र अत्यन्तै आभारी छु भन्न । हामी भारतीय सिनेमामा अर्को ठूलो सिनेमेटिक अनुभवको लागि वितरण साझेदारको रूपमा उत्तरी राज्यमा यो फिल्मसँग आवद्ध छौँ ।’

devara-new-announcement-315431-16x9

यसअघि यो फिल्म यसै वर्षको अप्रिल ५ मा रिलिज हुने तय भएको थियो । तर, भीएफएक्सको काम अधुरो भएकाले निर्माताले यसलाई स्थगित गरेका छन् । अब यो यस वर्षको दसैँमा अक्टोबर १० मा रिलिज हुँदैछ । दुई भागमा रिलिज हुने यस फिल्मको पहिलो भाग तेलुगु, तमिल, हिन्दी, मलायालम र कन्नड भाषामा रिलिज हुनेछ । जुनियर एनटीआरका अलावा सैफ अली खान र जान्हवी कपूर पनि फिल्ममा देखिनेछन् । यसको निर्देशन कोरतल्ला शिवाले गरेका हुन् ।

जुनियर एनटीआरले चाँडै मुम्बईमा आफ्नो अर्को फिल्म ‘वार २’ को सुटिङ सुरु गर्नेछन्। यसमा उनी ऋतिक रोशनसँग भिड्दै देखिनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप