जुनियर एनटीआरको ‘देवारा’ मा जोडिए करण
हैदरबाद । फिल्म निर्माता करण जोहर अब जुनियर एनटीआर स्टारर ‘देवारा’ पार्ट वानु मा सामेल भएका छन्। करणले अक्टोबरमा रिलिज हुने यो फिल्मको उत्तर भारतमा वितरण अधिकार किनेका हुन् । रविना टण्डनका पति अनिल थडानीको कम्पनी एए फिल्म्सले पनि करणलाई यो सम्झौतामा सहयोग गर्ने छ । दुवैले युवासुधा आर्ट्स र एनटीआर आर्ट्ससँगको सहकार्यमा यो काम गरेका हुन् ।
यसअघि करण ‘बाहुबली’, ‘गाजी अट्याक’, ‘बाहुबली २’ र ‘रोबोट २।०’ सँग पनि प्रेजेन्टरका रूपमा जोडिएका छन् । यस सम्झौताको जानकारी दिँदै करणले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै लेखेका छन्, ‘म्यान अफ मास जुनियर एनटीआरको फिल्म ‘देवारा’ को हिस्सा हुन पाउँदा म सम्मानित र अत्यन्तै आभारी छु भन्न । हामी भारतीय सिनेमामा अर्को ठूलो सिनेमेटिक अनुभवको लागि वितरण साझेदारको रूपमा उत्तरी राज्यमा यो फिल्मसँग आवद्ध छौँ ।’

यसअघि यो फिल्म यसै वर्षको अप्रिल ५ मा रिलिज हुने तय भएको थियो । तर, भीएफएक्सको काम अधुरो भएकाले निर्माताले यसलाई स्थगित गरेका छन् । अब यो यस वर्षको दसैँमा अक्टोबर १० मा रिलिज हुँदैछ । दुई भागमा रिलिज हुने यस फिल्मको पहिलो भाग तेलुगु, तमिल, हिन्दी, मलायालम र कन्नड भाषामा रिलिज हुनेछ । जुनियर एनटीआरका अलावा सैफ अली खान र जान्हवी कपूर पनि फिल्ममा देखिनेछन् । यसको निर्देशन कोरतल्ला शिवाले गरेका हुन् ।
जुनियर एनटीआरले चाँडै मुम्बईमा आफ्नो अर्को फिल्म ‘वार २’ को सुटिङ सुरु गर्नेछन्। यसमा उनी ऋतिक रोशनसँग भिड्दै देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण