बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

४ वर्षअघि लुटिएको थियो अहिले काटिएको बुद्धचित्त रुखको माला

३ करोडमा लागेको थियो ठेक्का
शुक्रबार, ३० चैत २०८०, १९ : ३१
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा ठाकुरानी तामाङको बारीमा फुल्दै गरेको बुद्धचित्तको रुख अज्ञात समूहले काटेका छन् । बुद्धचित्त माला पाक्न असार महिनाभरि लाग्छ, अहिले फुल खेल्दै थियो ।

काभ्रेको सबैभन्दा महँगो कहलिएको बुद्धचित्तको सो रुख ४ वर्षअघि लुटिएको थियो । २०७७ असार १२ मा ५० जना मुखुण्डो धारीहरुले माला कुर्न बसेका १५ जनालाई कब्जामा लिएर माला लुटेर भागेका थिए । त्यसबेला उनीहरूले ४ बोला माला लिएर भागेका थिए । त्यसबेला पनि घटनास्थल र रुख भएको ठाउँ नजिकै खाल्टेमा बम राखेका थिए । लुटेरा समूहले त्यसबेला एक राउन्ड गोली पनि चलाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

त्यसबेला बुद्धचित्तको दाना काभ्रे घर भएका दुर्गालाल तामाङ र मानबहादुर तामाङले ठेक्का लिएका थिए । उनीहरुले ९० लाखमा किनेको सो रुखको दानाको मूल्य अहिले तेब्बर भैसकेको छ ।

यसपाला बुद्धचित्तको दाना काभ्र्रे ठुलोपर्सेल घर भएका पासाङ दोर्जे तामाङ्ग र बनेपा बस्ने समिप त्रिपाठीले सम्झौता गरेका थिए । ठाकुरानी तामाङलाई उनीहरूले बैनाबापत ५० लाख नगद बुझाइसकेका छन् । उनीहरूभन्दा माथिल्लो तहमा चिनियाँ नागरिक छन् । चिनियाँ घाउले माला खरिद गरेर चिन लैजाने सम्झौता गरेका छन् ।

सिपालीको सो माला कुल ३ करोड लेनदेन गर्ने सम्झौता भएको छ । ५ वर्षसम्म माला किन्नेगरी सम्झौता भएको पासाङ दोर्जे तामाङले रातोपाटीलाई बताए ।

रुख काट्ने समूहले राखेर हिँडेको ४ वटा सकेट बम निष्क्रिय पारिएको काभ्रेकी एसपी वसुन्धरा खड्काले जानकारी दिइन् । उनले भनिन्–‘रुख काट्नेहरूबारे अनुसन्धान हुँदै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप