सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले पर्वतमा गिरी समूहले गर्‍यो क्लिन स्विप

शनिबार, ०१ वैशाख २०८१, ११ : २९
शनिबार, ०१ वैशाख २०८१

पर्वत । एमाले पर्वत जिल्ला १० औँ अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पदम गिरी नेतृत्वको समूहले  क्लिन स्विप गरेको छ । शुक्रबार भएको निर्वाचनमा निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना तथा पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको हेभिवेट समूहलाई कानुनमन्त्री समेत रहेका गिरी नेतृत्वको समूहले क्लिन स्विप गरेको हो । 

गिरी समूहको गुटबन्दी छाडी सहमतिमा नेतृत्व छनोट गर्ने प्रस्ताव नमान्दा तिमिल्सिना–गुरुङको हेविवेट समूह क्लिनस्विप हुन पुगेको हो। गोविन्द पहाडी तिमिल्सिना–गुरुङ समूहका पदमपाणी शर्मालाई पराजित गर्दै पर्वतको एमाले पार्टी जिल्ला नेतृत्वमा विजयी भएका छन्। पहाडीले १२७ मतको फराकिलो अन्तरले शर्मालाई पराजित गरेका हुन्। शर्माले १ सय २७ मत ल्याउँदा पहाडीले २ सय २८ मत प्राप्त गरे।

त्यसैगरी विमल लामिछानेले २१७ मत प्राप्त गर्दै मिनप्रसाद श्रेष्ठलाई पराजित गरे। श्रेष्ठले १ सय ४८ मत प्राप्त गरे। यस्तै १ सय ८८ मतसहित सुवासचन्द्र पौडेल सचिवमा निर्वाचित हुँदा उनका प्रतिष्पर्धी शिव प्रसाद पौडेलले १ सय ७२ मत पाए। उपसचिव खुल्लमा चण्डीप्रसाद भुर्तेलले जिवन विक्रम उचैलाई पराजित गरे। उनीहरुले क्रमशः १८८ र १७२ मत प्राप्त गरेका थिए। उता महिलातर्फ भने विन्दु अधिकारी २ सय १६ मतसहित विजयी बन्दा सरिता भण्डारीले १ सय ४५ मत पाइन्।

नयाँ नेतृत्वका लागि तिमिल्सिना–गुरुङ समूहसँग गिरी नेतृत्वको समूह सहमतिमै नेतृत्व चयन होस्, जिल्लामा गुट नहोस् भन्ने प्रस्ताव राखेको भएपनि उनीहरु सहमतिमा नआएपछि नयाँ निर्वाचनले पदम गिरीलाई जिल्ला राजनीतिको शक्तिमा स्थापित गराइदिएको छ।

राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिनाले यसअघि निर्वाचनमा आगामी नेतृत्वका लागि सहयोग गर्ने वचन दिएको भएपनि महाधिवेशन सुरु भएपछि गुट निर्माणमा सक्रिय भएका थिए। उनको चाहाना वर्तमान अधयक्ष राजु पौडेललाई दोहोर्याउने थियो। तर उनको इच्छामा वर्तमान उपाध्यक्ष पदमपाणी शर्माले आफू नयाँ नेतृत्वको स्वभाविक दाबेदारका रुपमा प्रस्तुत भएपछि तिमिल्सिनालाई सोको व्यवस्थापनको चुनौती थपिएको थियो। त्यहाँ पौडेलको भन्दा शर्माको माहोल देखिएपछि उनलाई अघि सार्‍यो।

जिल्लाको रोयल कुश्मा होटललाई केन्द्र बनाएर उनले पूर्व मुख्यमन्त्री सुब्बा, पूर्व संविधानसभा सदस्य कल्पना चापागाईं, पूर्व संविधानसभा सदस्य एवम पूर्व प्रदेश पर्यटनमन्त्री विकास लम्सालको साथमा रस्साकस्सी गरेका थिए। गिरी समूहलाई नेतृत्व नदिन पूर्व मुख्यमन्त्री सुब्बा पर्वतमा प्रत्यक्षरुपमा नै उपस्थित भए। 

‍गिरी समूहले भने गुटबन्दीको सन्देश दिन नहुने भन्दै पार्टी कार्यलयमा नै बसेर निर्वाचनको तयारी गरे। अन्ततः युवामतलाई साथ लिएका गिरीले तिमिल्सिना–गुरुङ समूहलाई निर्वाचनबाटै जवाफ फर्काइदियो। उनीहरुको चाहाना तिमिल्सिना–गुरुङले नेतृत्व चयनमा अभिभावक्त प्रदान गरुन भन्ने थियो।

बहालवाला मन्त्री भएका कारण पदम गिरी पार्टी सहमतिमा अघि बढेको सन्देश दिन चाहन्थे जुन तिमिल्सिना–गुरु समूहले स्वीकार गरेन र हार बेहोर्नुपर्यो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप