घनश्याम चौधरीलाई कारबाही गरिएको नाउपाको पत्र निष्प्रभावी
धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नै दलका सांसदलाई कारबाही गरी कार्यान्वयनको लागि सिफारिस गरिएको पत्र निष्प्रभावी भएको छ । नाउपा अध्यक्ष श्रेष्ठले प्रदेश सरकारका आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाएको पत्र सभामुखलाई प्रेषित गरे पनि प्रभावहीन भएको पाइएको हो । घनश्याम चौधरीको सांसद पद र उनको संसदीय दलको नेताको पद हालसम्म यथावतै रहेको हो ।
अध्यक्ष श्रेष्ठले शुक्रबार मात्रै उनलाई थप कारबाहीस्वरूप ३ महिनाका लागि सांसदबाटै निलम्बन गरिएको भनिए पनि उनको पद कायमै रहेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।
सभामुख भण्डारीले रातोपाटीसँग भने, ‘नाउपा अध्यक्ष श्रेष्ठको पत्र नै स्पष्ट छैन । सांसद पदबाट निलम्बन गरेको हो कि, पार्टीबाट निलम्बन गरेको हो स्पष्ट छैन । अर्को कुरा निलम्बनको कुरा पार्टीसँग जोडिने भएकोले हामीसँग सम्बन्धित छैन । उनीहरुले (नाउपा) कुन प्रायोजनको लागि गर्दैछन् ? उनीहरुलाई नै थाहा होला । हामीलाई जानकारीसम्मको लागि हो, जुन सचिवालयमा दर्ता भएको होला । यसमा हाम्रो निर्णय केही हुँदैन । सांसद पनि घनश्याम नै हुन् । दलको नेता पनि आजसम्म उनै हुन् ।’
नाउपा अध्यक्ष श्रेष्ठले शुक्रबार मात्रै घनश्यामलाई ३ महिनाका लागि निलम्बन गरिएको पत्र सभामुख भण्डारीलाई पठाएकी थिइन् । यसअघि चैत्र २५ गते केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गर्दै श्रेष्ठले संसदीय दलको नेताका रूपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकोले हटाइएको पत्र सभामुखलाई प्रेषित गरेकी थिइन् ।
उनले घनश्यामको ठाउँमा कैलाश चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारी तोक्ने निर्णय समेत गरेकी थिइन् ।
यसअघि नाउपा अध्यक्ष श्रेष्ठले राज्यमन्त्री समेत रहेकी समानुपातिक सांसद इन्दिरा गिरीलाई पदमुक्त गरिसकेकी छिन् । गिरीले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर समेत गरिसकेका छन् । गिरीको कारबाही अब के होला भन्ने जिज्ञासामा सभामुख भण्डारीले आफूबाट गर्ने काम भइसकेको र त्यसबारे अदालतमा समेत रिट दायर भइसकेकोले थप टिप्पणी नगर्ने बताए ।
नाउपाभित्र यतिबेला विवाद चर्किएको छ । फागुन २१ मा नयाँ सत्ता गठबन्धन बनेपछि पार्टी संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष श्रेष्ठबिच सरकारमा जानेबारे मतभिन्नता बढेपछि उग्र रूप लिएको हो ।
अध्यक्ष श्रेष्ठ केन्द्रकै सत्ता समीकरणलाई समर्थन गरेर जानुपर्ने पक्षमा छिन् भने चौधरी सुदूरपश्चिममा काँग्रेसलाई समर्थन गरेर जानुपर्ने पक्षमा दिए । नाउपाको विवादकै बिच मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकार ढलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण