सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

‘दोहोरो दाबी’ले सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्ति सकस

आइतबार, ०२ वैशाख २०८१, १६ : ३४
आइतबार, ०२ वैशाख २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दोहोरो दाबी परेपछि  मुख्यमन्त्री नियुक्तिमा सकस परेको छ ।  आइतबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेस भएपछि मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सकस परेको हो । 

लक्ष्मणकिशोर नाउपाको रेशम चौधरी पक्षधर हुन् भने कैलाश रञ्जिता श्रेष्ठ पक्षधर हुन् । नाउपाका सांसद चौधरी र श्रेष्ठ पक्ष विभाजित छन् । श्रेष्ठ केन्द्रीय सत्ता गठबन्धनमा छन् भने रेशम त्यसको विपरीत छन् । रेशम पक्षधरलाई कांग्रेसले सहयोग गरेको छ । त्यसमा राप्रपा र एकीकृत समाजवादी पनि मिसिएको नेताहरूले बताएका छन् । कैलाश चौधरीलाई एमाले र माओवादीको समर्थन छ ।   

दोहोरो दाबी परेपछि आज मुख्यमन्त्री नियुक्ति नहुने सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले रातोपाटीलाई बताए ।  ‘दोहोरो दाबी परेको छ । अब अध्ययन गरेर मात्रै प्रदेश प्रमुखले निर्णय लिनुहुन्छ’, ढुङ्गानाले भने, ‘त्यसैले आज मुख्यमन्त्री नियुक्ति सम्भव भएन ।’

मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको १० दिनको समय आज ५ बजे सकिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप