बुद्धचित्तको रुख काटेको घटनामा सोधपुछका लागि थप १ जना नियन्त्रणमा
आइतबार, ०२ वैशाख २०८१, १६ : ४२
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित बुद्धचित्तको मालाको रुख काटेको घटना अनुसन्धान गर्न प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । काभ्रे घर भएका दुर्गालाल तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।
चैत २९ मा राति अज्ञात समूहले ३ करोड मूल्यमा ठेक्का लागेको रुख काटेर फरार भएका थिए । शुक्रवार प्रहरीले काठमाडौँको शंखमुलबाट काभ्रेका मानबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा रहेका दुवै जना गत वर्ष सो माला किन्ने ठेकेदार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण