बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धचित्तको रुख काटेको घटनामा सोधपुछका लागि थप १ जना नियन्त्रणमा

आइतबार, ०२ वैशाख २०८१, १६ : ४२
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित बुद्धचित्तको मालाको रुख काटेको घटना अनुसन्धान गर्न प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । काभ्रे घर भएका दुर्गालाल तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।

चैत २९ मा राति अज्ञात समूहले ३ करोड मूल्यमा ठेक्का लागेको रुख काटेर फरार भएका थिए । शुक्रवार प्रहरीले काठमाडौँको शंखमुलबाट काभ्रेका मानबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा रहेका दुवै जना गत वर्ष सो माला किन्ने ठेकेदार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप