शिखर धवन कम्तीमा एक साता मैदान बाहिर
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करण चलिरहेको छ । जारी आईपीएलमा शिखर धवन पन्जाब किङ्सका कप्तान हुन् । तर, स्वास्थ्य समस्याका कारण उनी लामो समय मैदानभन्दा बाहिर रहने भएका छन् ।
धवनको काँधमा समस्या देखिएको उनको क्लबले जनाएको छ । पञ्जाबको प्रशिक्षण टोलीका महत्त्वपूर्ण सदस्य सञ्जय बंगारका अनुसार, काँधको समस्याका कारण धवन कम्तीमा एक साता मैदानभन्दा बाहिर रहने छन् ।
राजस्थान रोयल्सविरुद्धको अघिल्लो खेलमा पनि उनी टोलीमा थिएनन् । उक्त खेलमा पञ्जाबको कप्तानी साम कुर्रनले गरेका थिए । त्यसअघि सनराइजर्स हैदराबादविरुद्धको खेलमा भने धवन मैदानमा ओर्लिएका थिए । यी दुवै खेलमा पन्जाब पराजित भएको थियो ।
एक साता मैदान बाहिर रहे उनले कम्तीमा दुई वटा खेल गुमाउने छन् । पञ्जाबले अप्रिल १८ मा मुम्बई इन्डियन्ससँग र अप्रिल २१ तारिखमा गुजरात टाइटन्ससँग खेल्ने कार्यक्रम रहेको छ । पञ्जाबका लागि यो दुःखद खबर हो ।
‘काँधको चोटका कारण धवन कम्तीमा एक साता मैदान बाहिर रहने छन् । यो समय लम्बिएर १० दिनसम्म पनि पुग्न सक्छ,’ सञ्चारकर्मीसँगको कुराकानीमा सञ्जयले भनेका छन् । धवनको अनुपस्थितिमा आगामी खेलमा पनि कुर्रनले कप्तानको भूमिका निर्वाह गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण