शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शिखर धवन कम्तीमा एक साता मैदान बाहिर

आइतबार, ०२ वैशाख २०८१, १६ : ५९
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करण चलिरहेको छ । जारी आईपीएलमा शिखर धवन पन्जाब किङ्सका कप्तान हुन् । तर, स्वास्थ्य समस्याका कारण उनी लामो समय मैदानभन्दा बाहिर रहने भएका छन् ।

धवनको काँधमा समस्या देखिएको उनको क्लबले जनाएको छ । पञ्जाबको प्रशिक्षण टोलीका महत्त्वपूर्ण सदस्य सञ्जय बंगारका अनुसार, काँधको समस्याका कारण धवन कम्तीमा एक साता मैदानभन्दा बाहिर रहने छन् ।

राजस्थान रोयल्सविरुद्धको अघिल्लो खेलमा पनि उनी टोलीमा थिएनन् । उक्त खेलमा पञ्जाबको कप्तानी साम कुर्रनले गरेका थिए । त्यसअघि सनराइजर्स हैदराबादविरुद्धको खेलमा भने धवन मैदानमा ओर्लिएका थिए । यी दुवै खेलमा पन्जाब पराजित भएको थियो ।

एक साता मैदान बाहिर रहे उनले कम्तीमा दुई वटा खेल गुमाउने छन् । पञ्जाबले अप्रिल १८ मा मुम्बई इन्डियन्ससँग र अप्रिल २१ तारिखमा गुजरात टाइटन्ससँग खेल्ने कार्यक्रम रहेको छ । पञ्जाबका लागि यो दुःखद खबर हो ।

‘काँधको चोटका कारण धवन कम्तीमा एक साता मैदान बाहिर रहने छन् । यो समय लम्बिएर १० दिनसम्म पनि पुग्न सक्छ,’ सञ्चारकर्मीसँगको कुराकानीमा सञ्जयले भनेका छन् । धवनको अनुपस्थितिमा आगामी खेलमा पनि कुर्रनले कप्तानको भूमिका निर्वाह गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप