४३ जनामाथि अनुसन्धान गर्न शिक्षा मन्त्रालयले पठायो अख्तियारलाई पत्र
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस गरेका ४३ जनामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेकी हुन् ।
त्यस्तै अन्य निकायलाई समेत कारबाहीको लागि पठाउने र उक्त प्रतिवेदनको जानकारी एवं आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने मन्त्रीस्तरीय निर्णय भएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनिया, हिरा बहादुर महर्जन लगायतमाथि कारबाही सिफारिस गरेको थियो । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदन हालसम्म गोप्य राखिएको थियो । शिक्षामन्त्री श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयन गर्ने निर्णय गरेकी थिइन् । सोही आधारमा उनीहरूमाथि आवश्यक कारबाही गर्न अख्तियारलाई लेखिपठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण