गण्डकी प्रदेश
गण्डकीका मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
सोमबार, ०३ वैशाख २०८१, १७ : ५२
पोखरा । सर्वोच्च अदालतको आदेशले कामचलाउ बनेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन् । असंवैधानिक बाटोबाट मुख्यमन्त्री नियुक्त गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दिएका थिए ।
उक्त रिट उपर सुनुवाइ गर्दै सर्वोच्चले वैशाख ७ भित्र लिखित कारण पेस गर्न आदेश दिएको छ । मुद्दालाई अग्राधिकार दिँदै १० गते पूर्ण पेसी तोकिएको छ । तर मुख्यमन्त्री अधिकारीले त्यसअघि नै ‘संसद फेस’ गर्ने तयारी गरेका छन् ।
कानुनका जानकारहरूसँग समन्वय गरेर विश्वासको मत लिने तयारी गरिएको विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताए । उनकाअनुसार विश्वासको मतअघि दलहरूसँग छलफल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण