गण्डकी प्रदेश
गण्डकीका मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
सोमबार, ०३ वैशाख २०८१, १७ : ५२

पोखरा । सर्वोच्च अदालतको आदेशले कामचलाउ बनेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन् । असंवैधानिक बाटोबाट मुख्यमन्त्री नियुक्त गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दिएका थिए ।
उक्त रिट उपर सुनुवाइ गर्दै सर्वोच्चले वैशाख ७ भित्र लिखित कारण पेस गर्न आदेश दिएको छ । मुद्दालाई अग्राधिकार दिँदै १० गते पूर्ण पेसी तोकिएको छ । तर मुख्यमन्त्री अधिकारीले त्यसअघि नै ‘संसद फेस’ गर्ने तयारी गरेका छन् ।
कानुनका जानकारहरूसँग समन्वय गरेर विश्वासको मत लिने तयारी गरिएको विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताए । उनकाअनुसार विश्वासको मतअघि दलहरूसँग छलफल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ