इलाम पुगेर शेखरले भने– कांग्रेस जिताउन म नै उम्मेदवार हुँ भनेर लाग्नुस्
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले इलाम–२ को उपनिर्वाचन कांग्रेसले जसरी पनि जित्नै पर्ने बताएका छन् । उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका नेता कोइरालाले कांग्रेसका लागि उपनिर्वाचन प्रतिष्ठाको विषय भएको बताए ।
‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उप निर्वाचन प्रतिष्ठाको विषय भएको छ,’ कोइराला भने ।
कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाब बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए ।
टिकट एक जनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताले मन दुखाउन नहुने उनको भनाइ थियो । कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको बताए ।
कांग्रेसका हरेक कार्यकर्तालाई ‘म नै उम्मेदवार हुँ’ भनेर निर्वाचनमा लाग्न समेत निर्देशन दिए । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम–२ मा कांग्रेसले जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण