सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम पुगेर शेखरले भने– कांग्रेस जिताउन म नै उम्मेदवार हुँ भनेर लाग्नुस्

सोमबार, ०३ वैशाख २०८१, १८ : ०३
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले इलाम–२ को उपनिर्वाचन कांग्रेसले जसरी पनि जित्नै पर्ने बताएका छन् । उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका नेता कोइरालाले कांग्रेसका लागि उपनिर्वाचन प्रतिष्ठाको विषय भएको बताए ।

‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उप निर्वाचन प्रतिष्ठाको विषय भएको छ,’ कोइराला भने ।

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाब बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए ।

टिकट एक जनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताले मन दुखाउन नहुने उनको भनाइ थियो । कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको बताए ।

कांग्रेसका हरेक कार्यकर्तालाई ‘म नै उम्मेदवार हुँ’ भनेर निर्वाचनमा लाग्न समेत निर्देशन दिए । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम–२ मा कांग्रेसले जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप