अन्तर्राष्ट्रिय समितिको बैठक छाडेर हिँडे परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौँ । तोकिएको समयमा बैठक सुरु नगरेपछि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रतिनिधि सभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक छाडेर हिँडेका छन् ।
मंगलबार सिंहदरबार स्थित समितिको हलमा साढे १० बजे समितिको बैठक बोलाइएको थियो । मन्त्री श्रेष्ठ १० बजेर २८ मिनेटमा अर्थात् २ मिनेट अगाडि नै बैठक हलमा आइपुग्दा एक जना मात्र सांसद सुनिता बराल रहेकी थिइन् ।
समिति सभापति राजकिशाेर यादव मन्त्री बैठक कक्षमा आएको ८ मिनेटपछि हलमा प्रवेश गरेका थिए ।
मन्त्री श्रेष्ठले १०:४५ बजेसम्म सांसदहरूको प्रतीक्षा गरे तर बैठक सञ्चालनका लागि १४ जना सांसद नपुगेपछि उनले आफ्नो अरू पनि काम भएकाले सांसदहरूलाई कुरेर बस्न नसक्ने भन्दै बैठक छाडेर मन्त्रालयतिर लागे ।
मन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव तथा कर्मचारीहरू पनि समितिबाट बाहिरिए ।
मन्त्री श्रेष्ठ निस्किएपछि नेमकिपा सांसद प्रेम सुवाल लगायतका केही सांसद आएपनि बैठक स्थगित भयो । समितिका सभापति र सांसदहरू समय पालनामा अनुशासित नहुँदा तयारीका साथ संसदीय समितिमा आएका मन्त्री फिर्ता हुनुपरेको छ ।
आजको बैठकमा मन्त्रीस्तरबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण माग्ने, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेश स्थित नेपाली नियोगहरूको विवरण, तिनको वर्तमान अवस्था, भोग्नुपरेको समस्या र सुधारका पक्षहरू बारे छलफल गर्ने कार्यसूची राखिएको थियो ।
बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण