मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ४३
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र “नेपाल एसबिआई ऋणपत्र २०९०”  निष्कासन गर्ने भएको छ । 

बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे । 

नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप