बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

१ सय ५२ बोरा प्याजसहित ट्रक नियन्त्रणमा

बुधबार, ०५ वैशाख २०८१, २१ : ०४
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । सशस्त्र प्रहरी बलले धनुषाबाट १ सय ५२ बोरा प्याज सहितको ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार राति जिल्लाको शहिदनगर नगरपालिका-२ तिनकोरिया बिरेन्द्रबजार बाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । 

शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिइएको प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सोही गण मातहत बिओपी फुलगामाले बुधबार दिउँसो जिल्लाको मुसहरनिया गाउँपालिका-६ स्थित मरघटियाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप