कोशी प्रदेश
मोरङमा भेला र प्रदर्शन गर्न रोक
बिहीबार, ०६ वैशाख २०८१, १३ : ३२
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा सभा, सम्मेलन गर्न रोक लगाएको छ । विराटनगर १५ र १७ नम्बर वडामा बुधवार दुई समूहको झडप भएपछि प्रशासन कार्यालयले सूचना जारी गर्दै भेला र सम्मेलन गर्न रोक लगाएको हो ।
‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आज मिति २०८१।०१।०६ गते बिहान १०ः ०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायत सबै प्रकारको र्याली, भेला, प्रदर्शन कार्यक्रम नगर्न र नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले जारी गरेको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण