बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

मोरङमा भेला र प्रदर्शन गर्न रोक

बिहीबार, ०६ वैशाख २०८१, १३ : ३२
बिहीबार, ०६ वैशाख २०८१

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा सभा, सम्मेलन गर्न रोक लगाएको छ ।  विराटनगर १५ र १७ नम्बर वडामा बुधवार दुई समूहको झडप भएपछि प्रशासन कार्यालयले सूचना जारी गर्दै भेला र सम्मेलन गर्न रोक लगाएको हो ।

‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आज मिति २०८१।०१।०६ गते बिहान १०ः ०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायत सबै प्रकारको र्‍याली, भेला, प्रदर्शन कार्यक्रम नगर्न र नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले जारी गरेको सूचनामा उल्लेख छ ।

morang

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप