सत्ता गठबन्धनकै समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै
काठमाडौँ । सत्ता गठबन्धनले सुदूरपश्चिको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीलाई अगाडि सार्ने भएको छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा सोडारीले दाबी पेस गर्न लागेका हुन् ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता अक्कल रावलले केन्द्रीय गठबन्धन अनुसार नै सोडारीले दाबी पेस गर्ने बताए । उनले भने, ‘हामी पाँच बजेभित्र दाबी पेस गर्न जान्छौं । एमाले, माओवादी केन्द्र र नाउपाको समर्थनमा दीर्घ सोडारीजीले दाबी पेस गर्नुहुन्छ ।’
एमालेले सोडारीलाई मुख्यमन्त्रीमा स्वीकार नगर्ने बताएपछि सुदूरपश्चिम प्रदेशमा गठबन्धन भत्किने आकलन गरिएको थियो । एमालेले समर्थन नगरे सोडारीलाई आफूले समर्थन गर्ने कांग्रेसको तयारी थियो । अहिले एमालेले सोडारीलाई स्वीकार गर्ने बताएपछि गठबन्धनबाटै सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन् ।
नाउपाको बहुमत पक्ष कांग्रेससँगको गठबन्धनमा रहेकाले सोडारीको दाबी पेस पनि विवादित हुने देखिन्छ । नाउपका ७ सांसद मध्ये कांग्रेससँग लक्ष्मणकिशोर चौधरीसहित ५ जना छन् भने कैलाश चौधरीसहित २ जना एमाले, माओवादीसहितको गठबन्धन नजिक छन् । एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपाका २ र स्वतन्त्र सांसद गरी २७ सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेस गर्ने सोडारीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण