बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सत्ता राजनीति

सत्ता गठबन्धनकै समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

बिहीबार, ०६ वैशाख २०८१, १५ : ४२
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । सत्ता गठबन्धनले सुदूरपश्चिको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीलाई अगाडि सार्ने भएको छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा सोडारीले दाबी पेस गर्न लागेका हुन् ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता अक्कल रावलले केन्द्रीय गठबन्धन अनुसार नै सोडारीले दाबी पेस गर्ने बताए । उनले भने, ‘हामी पाँच बजेभित्र दाबी पेस गर्न जान्छौं । एमाले, माओवादी केन्द्र र नाउपाको समर्थनमा दीर्घ सोडारीजीले दाबी पेस गर्नुहुन्छ ।’ 

एमालेले सोडारीलाई मुख्यमन्त्रीमा स्वीकार नगर्ने बताएपछि सुदूरपश्चिम प्रदेशमा गठबन्धन भत्किने आकलन गरिएको थियो ।  एमालेले समर्थन नगरे सोडारीलाई आफूले समर्थन गर्ने कांग्रेसको तयारी थियो । अहिले एमालेले सोडारीलाई स्वीकार गर्ने बताएपछि गठबन्धनबाटै सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन् ।

नाउपाको बहुमत पक्ष कांग्रेससँगको गठबन्धनमा रहेकाले सोडारीको दाबी पेस पनि विवादित हुने देखिन्छ । नाउपका ७ सांसद मध्ये कांग्रेससँग लक्ष्मणकिशोर चौधरीसहित ५ जना छन् भने कैलाश चौधरीसहित २ जना एमाले, माओवादीसहितको गठबन्धन नजिक छन् । एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपाका २ र स्वतन्त्र सांसद गरी २७ सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेस गर्ने सोडारीको तयारी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप