कांग्रेस र राप्रपाले प्रदेशसभा बैठक बहिष्कार गर्ने
पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लङ्घन गरेर अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएका छन् ।
प्रदेशसभा बैठकमा उपस्थित नहुने तयारी दुवै पार्टीको छ । कांग्रेसले बैठकअघि साढे १० बजे संसदीय दलको बैठक आह्वान गरेको छ । ुअबैध संसद बैठकमा जानु उपयुक्त हुँदैन । मुख्यमन्त्री नै गैरसंवैधानिक भनेपछि उनले बोलाएको बैठकमा जाँदा कांग्रेसले पनि गैरसंवैधानिक कदमलाई समर्थन गरेको ठहरिन्छ,’ एक नेताले भने, ‘कांग्रेसले यो बैठकमा सहभागिता जनाउँदैन ।’
कांग्रेस गण्डकी प्रदेशसभाका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले भने यसबारे सोही बैठकबाट आवश्यक निर्णय हुने बताए । उता राप्रपा पनि बैठकमा नजाने योजनामा छ । दलका नेता पञ्चराम गुरुङले आफ्नो व्यक्तिगत कामका कारण बैठकमा नजाने बताए । तर दलले बहिष्कार नै गर्न लागेको स्रोत बताउँछ ।
‘नजानका लागि विभिन्न बहाना निकालिएको छ । यथार्थमा दुवै पार्टीले बहिष्कार गर्न लागेका हुन्,’ उक्त स्रोत भन्छ, ‘दुवैले अहिले डाकिएको बैठकलाई संविधान अनुसार होइन भनेका छन् । सर्वोच्चमा दर्ता भएको रिटको टुंगो नलागेसम्म बैठक बस्ने सम्भावना निकै कम छ ।’
कांग्रेसले मुख्यमन्त्री अधिकारीको नियुक्ति नै असंवैधानिक भन्दै रिट दायर गरेको छ । सर्वोच्चले सो रिटमा कारण देखाऊ आदेश जारी गरेको छ भने १० गते पूर्ण पेसीको मिति तोकेको छ ।
यसअघि अधिकारीले सभामुखलाई समेत गनेर बहुमतको मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । सोही दाबीका आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोही सरकारले शुक्रबार विश्वासको मत लिने तयारी गरिरहेको बताइएका बेला दुई पार्टी बहिष्कारको नीतिमा रहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण