कराँचीमा जापानी नागरिकको कारमा आत्मघाती आक्रमण, २ जनाको मृत्यु
शुक्रबार, ०७ वैशाख २०८१, ११ : ३५
कराँची । पाकिस्तानको कराँची सहरमा जापानी नागरिक सवार कारमा आत्मघाती हमला भएको छ । प्रहरीका अनुसार सहरको लन्धी क्षेत्रस्थित मनसेहरा कोलोनी नजिकै भएको यस आक्रमणमा दुई आक्रमणकारीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
आक्रमण शुक्रबार बिहान भएको हो । घटनाको समयमा कारमा पाँच जना जापानी नागरिकहरू सवार थिए । उनीहरू कारमा चढेर कतै जाँदै थिए । आक्रमणकारीले कार नजिकै विस्फोट गराएका थिए । तर कार केही टाढा भएकोले उनीहरू सकुशल रहेको बताइएको छ ।
घटनालगत्तै उनीहरूलाई सुरक्षित र नाम नखुलेको स्थानमा सारिएको प्रहरीले सञ्चारमाध्यमलाई बताएका छन् । हमला चिनियाँ नागरिकलाई लक्षित गरेर गरिएको हुनसक्ने बताइएको छ । विस्फोटको समयमा गोली प्रहार पनि भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण