कराँचीमा जापानी नागरिकको कारमा आत्मघाती आक्रमण, २ जनाको मृत्यु
शुक्रबार, ०७ वैशाख २०८१, ११ : ३५
कराँची । पाकिस्तानको कराँची सहरमा जापानी नागरिक सवार कारमा आत्मघाती हमला भएको छ । प्रहरीका अनुसार सहरको लन्धी क्षेत्रस्थित मनसेहरा कोलोनी नजिकै भएको यस आक्रमणमा दुई आक्रमणकारीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
आक्रमण शुक्रबार बिहान भएको हो । घटनाको समयमा कारमा पाँच जना जापानी नागरिकहरू सवार थिए । उनीहरू कारमा चढेर कतै जाँदै थिए । आक्रमणकारीले कार नजिकै विस्फोट गराएका थिए । तर कार केही टाढा भएकोले उनीहरू सकुशल रहेको बताइएको छ ।
घटनालगत्तै उनीहरूलाई सुरक्षित र नाम नखुलेको स्थानमा सारिएको प्रहरीले सञ्चारमाध्यमलाई बताएका छन् । हमला चिनियाँ नागरिकलाई लक्षित गरेर गरिएको हुनसक्ने बताइएको छ । विस्फोटको समयमा गोली प्रहार पनि भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो