सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
काठमाडौँ । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा संविधानसम्मत गरिएको दाबीलाई प्रदेश प्रमुख मियाँले खारेज गरी बदनियत ढंगले सरकार गठन गर्न फेरि आह्वान गर्नु असंवैधानिक कदम भएको कांग्रेसको भनाइ छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले संविधानले प्रदेश सरकार गठन गर्ने सन्दर्भमा प्रदेश प्रमुखलाई विशेष अधिकार प्रयोग गर्ने छुट नदिएको बताए । यस्तै संविधानमा प्रदेश प्रमुखले कुनै पार्टी विशेषको निर्देशनको पालना गर्ने कल्पना पनि नगरिएको उनको भनाइ छ ।
मुख्यमन्त्रीका लागि दाबी पेश भइसकेपनि हस्ताक्षर फिर्ताको प्रपञ्च रचिनुले संघीय पद्धतिप्रति एकखालको निराशा पैदा भएको उनको जिकिर छ । संविधानको सीमामा बस्नुपर्ने प्रदेश प्रमुखको राजनीतिक प्रेरित रवैया आपत्तिजनक रहेको उनले बताए । यो विषयलाई कांग्रेसलाई राजनीतिक र कानुनी रुपमा विरोध गर्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण