भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
सुर्खेत । चैत्र २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको विषय संसदमा प्रवेश गरेको छ ।
मृत्यु भएको लामो समय भइसक्दा पनि परिवारले शव नबुझेको भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद रणसिंह परियारले शुक्रबारको संसदमा कुरा उठाएका हुन् ।
‘हिँडेर अस्पताल पुगेकी युवतीको एक्कासी मृत्यु घोषणा गरिएको भन्ने कुरा बाहिर आएको छ,’उनले भने, ‘खास भएको के हो ? यो घटनाले समग्र कर्णाली प्रदेश, जनताहरूलाई प्रभाव पार्ने गरेर घटना आएको छ । अहिले पनि शव अस्पतालबाट उठाउन परिवारले मानिरहेका छैनन् ।’
यसलाई लामो समयसम्म राख्नुले अस्पताल र प्रदेश सरकारमाथि प्रश्न उठ्ने उनले बताए । सत्यतथ्य छानबिन गरेर छिटोभन्दा छिटो उचित व्यवस्थापन गर्न उनले सरकारलाई आग्रह समेत गरे । भीमाका आफन्तहरूले डाक्टरको लापरबाहीकै कारण मृत्यु भएको भन्दै विभिन्न मागहरू राख्दै शव बुझ्न मानिरहेका छैनन् ।
कांग्रेस सांसद घनश्याम भण्डारीले पनि उक्त घटनाको विषयमा कुरा राखेका थिए । ‘प्रदेश अस्पताललाई गौरवको रूपमा मानिएपनि त्यहाँ मृत्युका घटनाहरु भएका छन्,’उनले भने, ‘त्यो मृत्यु डाक्टरहरूको प्राविधिक कारणले भएको हो वा के हो ? त्यो विषयमा छानबिन गरेर अघि बढ्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण