म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
याङ्गुन । उत्तरी म्यान्माको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी ४ कैदीको मृत्यु हुनुका साथै अन्य ८ जना घाइते भएका छन् ।
म्यान्माको राज्य प्रशासन परिषद्को सूचना शाखाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कचिन राज्यको मित्किना सहरमा रहेको माइतकिना कारागारमा स्थानीय समयअनुसार बिहीबार अपराह्न ४ः१० बजे केही पुरुष कैदीहरूले म्यान्माको परम्परागत नयाँ वर्षको दिन अप्रिल १७ मा आममाफीको विषयलाई लिएर विरोध प्रदर्शनपछि दङ्गा भएको थियो ।
कारागारका कर्मचारीहरूले शान्ति सुव्यवस्था कायम गर्ने प्रयास गरेपनि कारागारमा तनाव भएको हो ।
कैदीहरूले सुत्ने कोठाको ढोका र सिसीटिभी क्यामेरा टोडफोड गरी फुटाएपछि अपराह्न ४ः३० बजेतिर सुरक्षाकर्मी र प्रहरीलाई कारागारमा पठाइएको र कारागारका कर्मचारीले कैदीहरूलाई शान्त पार्ने र भीडलाई तितरबितर पार्ने प्रयास गरेका थिए ।
यद्यपि, कैदीहरूले कारकारका सुविधाहरूमा क्षति पुर्याउने र कारागारका कर्मचारीहरूमाथि आक्रमण गर्ने प्रयास जारी राखेपछि भएको झडपमा केही व्यक्ति हताहत भएका प्रहरी प्रशासनले बताएको छ ।
सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । साँझ ५ बजेतिर स्थिति नियन्त्रणमा आएको थियो । घाइते कैदीबन्दीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण