विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला
काठमाडौँ । गुल्मी, झापा र सिरहामा ३ जना मृत फेला परेका छन् । शुक्रबार एक बालकसहित तीन जना मृत अवस्थामा फेला परेका हुन् । गुल्मीको सत्यवती गाउँपालिका–६ खैरेनी बस्ने कमल दिन मियाँका छोरा १४ वर्षीय युवराजदिन मियाँ सोही ठाउँस्थित बाडिगार्ड खोलामा मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार माछा मार्न भनि उक्त खोलामा गएका उनी घर नफर्किए पछि खोजी गर्ने क्रममा शव फेला परेको हो । त्यस्तै झापामा पनि एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मेचीनगर नगरपालिका–११ रामचोक बस्ने ५७ वर्षीय कन्चन राई सोही ठाउँस्थित खाली जग्गामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । उता, सिरहाको सिरहा नगरपालिका–१ दुर्गा मन्दिर हटिया बजारस्थित टहरामा एक पुरुषको शव भेटिएको छ ।
नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष व्यक्ति शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण