गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा सहरी मतदाता, युवा मतदाता र प्रवासी मतादाताहरूलाई आकर्षित गर्न नसकिएको बताएका छन् ।
शनिवार गोदावरीमा चलिरहेको नेकपा एमालेले प्रतिनिधि परिषद् बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले ती निर्वाचनमा एमालेले भोग्नुपरेको प्रतिकूलताको प्रभाव आज राष्ट्रले नै चुकाउनु परिरहेको दाबी गरे ।
उनले भने– ‘निर्वाचनपछि निर्माण भएको शक्ति सन्तुलन राष्ट्र र जनताको हितका अनुकूल बन्न सकेन । मुलुकलाई राजनीतिक स्थिरता आवश्यक थियो तर प्रतिनिधिसभामा एक दर्जन दलको उपस्थिति र संविधानको मुख्य विषयमा अस्पष्ट र असहमत रहने उल्लेख्य सङ्ख्याले राजनीतिक अस्थिरताको सम्भावना झनै बढायो ।’
उनले ती निर्वाचनमा बलियो राजनीतिक शक्ति निर्माणमा प्रतिकूल प्रभाव परेको, राजनीतिक स्थायित्व, सुशासन, राष्ट्रिय स्वाधीनता एवं समाजवाद उन्मुख राज्य निर्माणको अभियानमा चुनौती थपिएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण