शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन

शनिबार, ०८ वैशाख २०८१, १४ : १७
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा सहरी मतदाता, युवा मतदाता र प्रवासी मतादाताहरूलाई आकर्षित गर्न नसकिएको बताएका छन् । 

शनिवार गोदावरीमा चलिरहेको नेकपा एमालेले प्रतिनिधि परिषद् बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले ती निर्वाचनमा एमालेले भोग्नुपरेको प्रतिकूलताको प्रभाव आज राष्ट्रले नै चुकाउनु परिरहेको दाबी गरे । 

उनले भने– ‘निर्वाचनपछि निर्माण भएको शक्ति सन्तुलन राष्ट्र र जनताको हितका अनुकूल बन्न सकेन । मुलुकलाई राजनीतिक स्थिरता आवश्यक थियो तर प्रतिनिधिसभामा एक दर्जन दलको उपस्थिति र संविधानको मुख्य विषयमा अस्पष्ट र असहमत रहने उल्लेख्य सङ्ख्याले राजनीतिक अस्थिरताको सम्भावना झनै बढायो ।’ 

उनले ती निर्वाचनमा बलियो राजनीतिक शक्ति निर्माणमा प्रतिकूल प्रभाव परेको, राजनीतिक स्थायित्व, सुशासन, राष्ट्रिय स्वाधीनता एवं समाजवाद उन्मुख राज्य निर्माणको अभियानमा चुनौती थपिएको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप