शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन

शनिबार, ०८ वैशाख २०८१, १४ : २९
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी दल राप्रपा वैकल्पिक राजनीतिक शक्ति हुन नसक्ने टिप्पणी गरेका छन् । शनिवार गोदावरीमा चलिरहेको नेकपा एमालेले प्रतिनिधि परिषद् बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति बिस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेको उल्लेख गरे ।  

उनले हाल बढिरहेको चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा परेको संकट, रोजगारीको क्षेत्र साँघुरिँदै गएको अवस्था, सुशासन एवम् सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको र  ती समस्यालाई दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको दाबी गरे । 

अध्यक्ष ओलीले भने– ‘उनीहरुले यस्ता समस्यालाई उजागर र उपयोग त गर्न सक्छन् तर उनीहरूसँग यसको समाधान भने छैन । सही दर्शन र विचारधारा नभएको, अर्थ राजनीतिक दिशा स्पष्ट नभएको र आफ्नो स्वार्थका लागि अस्थिर र चलायमान रहने शक्तिहरू विकल्प हुन सक्दै सक्दैनन् ।’

उनले आजको समयमा पनि जन्मजात श्रेष्ठतालाई बोक्ने, आफ्नै अयोग्यता, कमजोरीका कारण जनताबाट विस्थापित राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना नभएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप