इलामले काँध फेर्न खोजेको छ : महामन्त्री शर्मा
इलाम । नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने बताएका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर काँग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताएका हुन् ।
उनले इलामले अब परिवर्तन खोजेको पनि बताए । उनले भने, ‘इलामले अब परिवर्तन खोजेको छ । विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ । अब सुवास नेम्वाङज्यूको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार अब दुई हजार बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने सङ्कल्प गर्नुहुनेछ । हामी राम्रोसँग चुनाव लडौँ । एउटाले अर्कोलाई गाली नगरी चुनाव लडौँ । स्वस्थ ढङ्गले आलोचना मात्रै गरिराखेर लडौँ । नेपाली काँग्रेस पार्टी एक्लै चुनावमा रुख चिन्ह लिएर खडा छ । यो एक्लै खडा भएको बेलामा त्यो दिन बिर्सिन मिल्दैन । हाम्रो अनुभवले के भन्यो भन्दा चुनावअघिको गठबन्धन गलत हुँदो रहेछ ।’
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका डम्बर खड्काले पहिचानको मुद्दामा नेपाली काँग्रेसले पूर्ण रूपमा सहयोग प्रतिबद्धता व्यक्त गरे । उनले नाम तोकिसकिएको कोशी प्रदेशलाई एक नम्बर प्रदेशको रूपमा अभिव्यक्त गर्दै आफूले पहिचानवादीको मुद्दा बोकेकाहरूको माग सम्बोधन गर्न भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाइसकेको बताए ।
उनले भने, ‘गुरुले मलाई पहिचानको मुद्दामा केही बोल्नुस् भनिसकेपछि मैले १४ वटै कोशी प्रदेशभरका सभापतिहरूलाई यहीँ बैठक बोलाएर एक नम्बर प्रदेशको नामावली सम्बन्धी पुनर्विचार गरियोस् र नेपाली काँग्रेसले पहिचानवादी मुद्दा बोकेका साथीहरूको पनि सम्बोधन गरोस्, भनेर प्रेस विज्ञप्ति काठमाडौँमा लगेर लिखित दिएको छु । पहिचानवादीको मुद्दामा पनि नेपाली काँग्रेसले पूर्ण रूपमा सहयोग गर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण