बढुवा नहुँदा बाहिर गुनासो गर्नु विकृति– एआईजी तामाङ
काठमाडौँ । प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागले पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्र्रिया कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आरोपी पक्राउ पर्नासाथ ‘अपराधी’ भनेर समाचार प्रकाशन हुँदा त्यसको असर नकारात्मक हुने बताए । उनले भने–‘अनुसन्धान पुरा नहुँदै अपराधी भनेर प्रकाशन र प्रशारण गर्ने परिपाटी पनि छ ।’
प्रहरीभित्रको सरुवा र बढुवाको गुनासो अधिकृतहरुले संगठन बाहिर गर्ने गरेको प्रसंगमा अतिरिक्त महानिरीक्षक तामाङले त्यस्तो प्रवृत्ति ‘विकृति’ भएको बताए । उनले भने–‘बढुवा नहुँदा बाहिर गुनासो गर्नु विकृति हो, त्यसलाई हटाउनुपर्छ ।’
प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत अपराध कार्ययोजना (क्याप) सञ्चालन गरिरहेको छ । सो कार्ययोजनाको लागि आवश्यक बजेट बिनियोजन नहुने गरेको तामाङले बताए । उनले भने– ‘गत आर्थिक वर्षमा हामीले मागेको मध्येबाट ९ प्रतिशत बजेट मात्र बिनियोजन भयो, त्यसबाट अनुसन्धानका लागि आवश्यक केही सामग्री खरिद गरेका छौँ ।’
गतवर्ष विनियोजित ७ करोड बजेट क्याप (क्राइम एक्सन प्लान’ सञ्चालन गर्न अपुग भएको तामाङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण