मनसरामा मैले पाएको पात्रको अभिनय अरू कसैले गरेको हेर्न मन थियोः दयाहाङ राई
काठमाडौँ । अभिनेता दयाहाङ राईले चलचित्र मनसरामा आफूले निभाएको भूमिका अर्को व्यक्तिबाट हेर्न इच्छुक भएको बताएका छन् ।
सोमवार ललितपुरमा चलचित्र मनसरा निर्माण टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चलचित्रमा आफूले खेलेको कलाकारको भूमिका अर्को कोहीबाट हेर्ने इच्छा भए पनि आफूले नै निभाउनुपरेको बताए । मनसराको भूमिकामा कस्तो न्याय गरेको छु भन्ने बारेमा पनि चलचित्र हेरेपछि दर्शकले न्याय गर्ने उनले बताए ।
उनले चलचित्रको आफ्नो पात्र डाहलाग्दो रहेको बताए । त्यस्तै लेखक उपेन्द्र सुब्बाले मनसरा धानको एउटा प्रजाति भएको र त्यसलाई मानिसको रूपमा प्रतिविम्ब गरेर चलचित्र देखाउन लागेको बताए । उनले मनसरा मेहनतसहित धेरै काम गरेर पचाउन सक्ने व्यक्तिहरूले मात्रै खाने गरेको बताए ।
उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘मनसरा’ मा अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा लिम्बू र व्राम्हण समुदायका पात्रहरूबिचको विवाहेत्तर सम्बन्ध देखाइएको छ । शैलेन्द्र कार्कीले खिचेको यो फिल्म वैशाख २१ मा प्रदर्शनमा आउँदै छ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, झुमा लिम्बू र सुशान्त गौतमको सङ्गीत छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण