शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मनसरामा मैले पाएको पात्रको अभिनय अरू कसैले गरेको हेर्न मन थियोः दयाहाङ राई

सोमबार, १० वैशाख २०८१, १६ : १९
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । अभिनेता दयाहाङ राईले चलचित्र मनसरामा आफूले निभाएको भूमिका अर्को व्यक्तिबाट हेर्न इच्छुक भएको बताएका छन् ।

सोमवार ललितपुरमा चलचित्र मनसरा निर्माण टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चलचित्रमा आफूले खेलेको कलाकारको भूमिका अर्को कोहीबाट हेर्ने इच्छा भए पनि आफूले नै निभाउनुपरेको बताए । मनसराको भूमिकामा कस्तो न्याय गरेको छु भन्ने बारेमा पनि चलचित्र हेरेपछि दर्शकले न्याय गर्ने उनले बताए । 

उनले चलचित्रको आफ्नो पात्र डाहलाग्दो रहेको बताए । त्यस्तै लेखक उपेन्द्र सुब्बाले मनसरा धानको एउटा प्रजाति भएको र त्यसलाई मानिसको रूपमा प्रतिविम्ब गरेर चलचित्र देखाउन लागेको बताए । उनले मनसरा मेहनतसहित धेरै काम गरेर पचाउन सक्ने व्यक्तिहरूले मात्रै खाने गरेको  बताए । 

उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘मनसरा’ मा अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा लिम्बू र व्राम्हण समुदायका पात्रहरूबिचको विवाहेत्तर सम्बन्ध देखाइएको छ । शैलेन्द्र कार्कीले खिचेको यो फिल्म वैशाख २१ मा प्रदर्शनमा आउँदै छ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, झुमा लिम्बू र सुशान्त गौतमको सङ्गीत छ । –न्युज एजेन्सी नेपाल

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप