शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुलीका एसपी विनोद शर्मा हेडक्वाटर फिर्ता

सोमबार, १० वैशाख २०८१, १६ : ३४
सोमबार, १० वैशाख २०८१

काठमाडौँ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपीलाई फिर्ता बोलाउने निर्णय गरिएको छ । उपप्रधान एवम् गृहमन्त्रीको निर्देशनअनुसार विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

२०८० फागुन २ मा सिन्धुलीमा सरुवा भएका शर्मा दुई महिनामा नै सरुवा भएका छन् । यसअघि पनि गृहमन्त्रीको आदेशमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले बारा, सर्लाही, धनुषा, रौतहट र बाँकेका एसपीलाई अवधि नपुग्दै हटाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप