अदालत
सर्वोच्चले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिसम्बन्धी सक्कल फाइल
सोमबार, १० वैशाख २०८१, १७ : १२
काठमाडौँ । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्त गर्दाको सक्कल फाइल मागेको छ ।
न्यायाधीश बालकृष्ण ढकालले प्रारम्भिक सुनुवाइ पछि सो आदेश गरेका हुन् । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा पूर्ण सुनवाइका लागि वैशाख २३ मा पेशी निर्धारण गर्न न्यायाधीश ढकालको इजलासले आदेश गरेको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘वैशाख २० गते दिउँसो ४ बजेभित्र दीर्घ बहादुर सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेको कागजातको सक्कल फाइल साथै राखि लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदन पत्रको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाउँमा म्याद सूचना जारी गरी तामेल गर्नु गराउनू ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण