शरणार्थीलाई रुवाण्डा पठाउने विधेयक बेलायतको संसद्बाट पारित
लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकको महत्त्वाकाङ्क्षी रुवाण्डा विधेयक औपचारिक रुपमा स्वीकृत भएको छ । यो विधेयक बेलायतको तल्लो सदन हाउस अफ कमन्समा पारित भए पनि माथिल्लो सदन (हाउस अफ लर्ड्स) मा अड्किएको थियो ।
अब हाउस अफ लर्ड्सले पनि विधेयक पारित गरेको छ । यो विधेयक राजपरिवारको स्वीकृतिपछि कानुन बन्नेछ ।
रुवाण्डा कानुनमार्फत बेलायती सरकारले यहाँ शरण लिइरहेका केही व्यक्तिलाई मध्य अफ्रिकी देश रुवान्डामा पठाउनेछ । यो विधेयकको विपक्षी दलबाट चर्को आलोचना भए पनि पटक–पटक छलफलपछि अन्ततः सोमबार राति प्रतिपक्षले आफ्नो आपत्ति फिर्ता लिएसँगै विधेयक पारित भएको हो । १० देखि १२ हप्ताभित्र रुवाण्डाका लागि पहिलो उडान सुरु हुने प्रधानमन्त्री सुनकले बताए ।
रुवाण्डा विधेयकको उद्देश्य इंगलिस च्यानलबाट अवैध रूपमा बेलायत आउने शरणार्थीहरूलाई रोक्नु रहेको बेलायती सरकारले बताएको छ । विधेयक पारित हुनु शरणार्थीहरूलाई रोक्ने योजनाको ऐतिहासिक क्षण भएको गृहमन्त्री जेम्स क्लेभरलीले बताएका छन् ।
बेलायतको सर्वोच्च अदालतले सर्वसम्मतिले रुवान्डा योजनालाई अवैध घोषित गरेपछि २०२३ को नोभेम्बरमा यो योजना रोकिएको थियो । यसपछि बेलायती सरकारले यो योजनालाई अगाडि बढाउन संसद्मा नयाँ विधेयक पेस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण