शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलमा लेगस्पिनर चहलले बनाए कीर्तिमान

मङ्गलबार, ११ वैशाख २०८१, १० : २८
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को सोमबार राति खेलिएको खेलमा राजस्थान रोयल्सले मुम्बई मुम्बई इन्डियन्समाथि नौ विकेटको सजिलो जित हासिल गर्‍यो । टोलीको जितसँगै उक्त खेलमा राजस्थानका प्रभावशाली बलर युजवेन्द्र चहलले एउटा कीर्तिमान पनि बनाए ।

चहलले उक्त खेलमा एक विकेट लिएका थिए । उनले मुम्बईका ब्याट्सम्यान मोहम्मद नाबीलाई आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका थिए । ३३ वर्षीय लेग स्पिनर चहलले आईपीएलमा लिएको यो २००औँ विकेट थियो ।

नाबीलाई आउट गरेसँगै चहल आईपीएलको इतिहासमा दुई सय विकेटले पहिलो खेलाडी पनि बनेका छन् । यद्यपि, राजस्थानविरुद्धको खेलमा उनी महँगा बलर साबित भएका थिए । उनले चार ओभर बलिङ गर्दै ४८ रन खर्चिएका थिए ।

आईपीएलको इतिहासमा सर्वाधिक विकेट लिने बलरको कीर्तिमान भने उनले यसअघि नै आफ्नो नाममा पारिसकेका थिए । सर्वाधिक विकेट लिने बलरको सूचिमा वेस्ट इन्डिजका ड्वेन ब्राभो दोस्रो नम्बरमा आसिन छन् । उनले आईपीएलमा एक सय ५८ पाली खेल्दै एक सय ८३ विकेट लिएका छन् ।

चहलले भने आईपीएलमा एक सय ५२ पाली खेल्दै दुई सय विकेटको कोशेढुंगा पार गरेका हुन् । आईपीएलमा उनको उत्कृष्ट प्रदर्शन भने ४० रन खर्चिएर पाँच विकेट हो । चहलले यसअघि मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबाट पनि आईपीएल खेलिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप