केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
नयाँ दिल्ली । कथित मदिरा घोटालामा तिहाड जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पहिलो पटक जेलमा इन्सुलिन दिइएको छ । केजरीवाललाई इन्सुलिनको आवश्यकतालाई लिएर आम आदमी पार्टी र भाजपाबिच चर्को बयानबाजी भएको थियो ।
आम आदमी पार्टीका विधायक तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । उनले भने, ‘अन्तत: कारागार प्रशासनले मुख्यमन्त्रीलाई सुगरको मात्रा बढेको भन्दै इन्सुलिन दिएको खबर आइरहेको छ। आज देशको राजधानीका मुख्यमन्त्रीलाई इन्सुलिनका लागि अदालत पनि जानुपरेको छ।’
भारद्वाजले अर्को ट्वीटमा भने, ‘आज यो स्पष्ट भयो कि मुख्यमन्त्री सही थिए, उहाँलाई इन्सुलिन चाहिन्छ। तर बीजेपी केन्द्र सरकार मातहतका अधिकारीहरूले जानाजानी उनको उपचार गरेनन्। मलाई भाजपाका मानिसहरूले भन्नुहोस्! यदि इन्सुलिनको आवश्यकता थिएन भने अहिले किन दिँदै हुनुहुन्छ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण