बझाङ प्रदेशसभा १ का एमाले उम्मेदवार भण्डारीलाई पितृशोक
मङ्गलबार, ११ वैशाख २०८१, १३ : ५०
काठमाडौँ । नेकपा (एमाले) बाजुरा जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा १ का उमेदवार दमन भण्डारीलाई पितृशोक परेको छ । उनका बुवा बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नं. १, भण्डारीगाउँ निवासी चक्र भण्डारीको मंगलबार असामयिक निधन भएको हो ।
बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा दमन बझाङ प्रदेशसभा १ मा उम्मेदवार छन् । बुबाको निधनसँगै दमनको निर्वाचन प्रचारको काममा केही व्यवधान हुन गएको एमालेले जनाएको छ । यस विषम् परिस्थितिमा चुनाव प्रचार–प्रसार तथा मत संरक्षणको क्रममा अझ गम्भीरताका साथ परिचालित हुन एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत कार्यकर्तालाई निर्देशन दिएका छन् ।
चक्रको निधनप्रति दुःख व्यक्त गर्दै एमालेले शोकाकुल परिवारमा समवेदना प्रकट पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण