शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नेपालमा कतारी राजाको भव्य स्वागत, तस्बिरहरू
कतारी शेखको नेपाल भ्रमण

नेपालमा कतारी राजाको भव्य स्वागत, तस्बिरहरू

मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपालमा भव्य स्वागत गरिएको छ । उनलाई मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका हुन् ।

उनलाई सेनाको सलामीसहित सम्मान गरिएको थियो । बङ्गलादेशको भ्रमण सकेर अमिर काठमाडौँ आएका हुन् ।  अमिरले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । बुधवार १०ः३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ । अमिर शेख बुधबार साढे दुई बजे स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया