सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा
काठमाडौँ । राष्ट्रिय च्याम्पियन प्रदीप खड्का ‘१०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता’ को पुरुष एकलतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदीप मंगलबार सम्पन्न खेलमा आयुषमान हजुर घलेलाई ६–०, ६–३ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगे का हुन् ।
ऋतिक राणा पनि प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भए । उनले आशिष खड्कालाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा प्रणव खनालले आर्यन गिरीलाई ६–७, ६–४, ६–२ र प्रणव मानन्धरले निशान श्रेष्ठलाई १ –६, ६–३, ६–२ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको मिक्स डबल्स स्पर्धामा प्रदीप खड्का र माहिका राणाको जोडी, आईशा डोल्कर गुरुङ र आर्यन गिरीको जोडी, सुमन लामा र भगवती विकको जोडी तथा ऋतिक राणा र अभिलाषा विष्टको जोडी सेमिफाइनलमा पुगे ।
यसैगरी भेट्रान (३५ वर्षभन्दा माथि) पुरुष डबल्स स्पर्धामा सन्जिवकुमार श्रेष्ठ र दुर्गा केसीको जोडी, मनोज श्रेष्ठ र अञ्जन बानियाको जोडी, भीष्मजंग गुरुङ र देव क्षेत्रीको जोडी तथा नवीन श्रेष्ठ र सुकमान तामाङको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण