जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
बुधबार, १२ वैशाख २०८१, १२ : २१
टोकियो । जापानको एउटा चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको एउटा हिप्पोपोटामस पोथी रहेको पुष्टि भएको छ । १२ वर्षको जेन–चान नाम गरेको सो हिप्पोले भाले हिप्पोले गर्ने व्यवहार नगरेपछि शङ्का लागेर त्यसको डीएनए परीक्षण गराइएको थियो ।
जेन –चानलाई ५ वर्षको उमेरमा सन् २०१७ मा मेक्सिकोबाट ओसाकामा ल्याइएको थियो । त्यतिबेला भन्सारमा बुझाइएको कागजपत्रमा हिप्पो भाले भएको उल्लेख गरिएको थियो । त्यतिबेला बच्चै भएकोले कागजपत्रमा लेखिएको कुरालाई कसैले पनि प्रश्न गरेनन् ।
तर हुर्कर्दै जाँदा हिप्पोमा भाले प्रजनन अंगहरू देखिएनन् । उसले भाले हिप्पोमा देखिने कुनै व्यवहार नदेखाएपछि डीएनए परीक्षण गरिएको बताइएको छ ।
हिप्पोको लिंग फरक परे पनि नाम भने नफेर्ने ओसाका तेनोजी चिडियाघरका उप निर्देशक कियोशी यासुफुकुले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण