जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
बुधबार, १२ वैशाख २०८१, १२ : २१

टोकियो । जापानको एउटा चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको एउटा हिप्पोपोटामस पोथी रहेको पुष्टि भएको छ । १२ वर्षको जेन–चान नाम गरेको सो हिप्पोले भाले हिप्पोले गर्ने व्यवहार नगरेपछि शङ्का लागेर त्यसको डीएनए परीक्षण गराइएको थियो ।
जेन –चानलाई ५ वर्षको उमेरमा सन् २०१७ मा मेक्सिकोबाट ओसाकामा ल्याइएको थियो । त्यतिबेला भन्सारमा बुझाइएको कागजपत्रमा हिप्पो भाले भएको उल्लेख गरिएको थियो । त्यतिबेला बच्चै भएकोले कागजपत्रमा लेखिएको कुरालाई कसैले पनि प्रश्न गरेनन् ।
तर हुर्कर्दै जाँदा हिप्पोमा भाले प्रजनन अंगहरू देखिएनन् । उसले भाले हिप्पोमा देखिने कुनै व्यवहार नदेखाएपछि डीएनए परीक्षण गरिएको बताइएको छ ।
हिप्पोको लिंग फरक परे पनि नाम भने नफेर्ने ओसाका तेनोजी चिडियाघरका उप निर्देशक कियोशी यासुफुकुले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जुन घर्तीको उत्कृष्ट अर्धशतकसँगै कर्णाली विजयी, कोशी प्रदेशको पाँचौँ हार
-
परराष्ट्रमन्त्री र युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह
-
भारतको उक्साहटमा राजावादीको सक्रियता बढेको एमाले निष्कर्ष
-
वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन थाल्यो
-
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
-
१०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा सुरु