सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगका दुई युवा खेलाडी बलात्कारको आरोपमा पक्राउ

बुधबार, १२ वैशाख २०८१, १६ : ०७
बुधबार, १२ वैशाख २०८१

लण्डन । प्रिमियर लिगमा खेल्ने दुई जना युवा फुटबलरलाई कथित बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दुई १९ वर्षीय खेलाडीहरूलाई प्रहरीले सोधपुछ गरेपछि हाल धरौटीमा रिहा गरिएको छ ।

बीबीसी स्पोर्टका अनुसार दुवै खेलाडी एउटै क्लबसँग आबद्ध रहेका छन् । दुवैले आफूहरूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

‘बलात्कारको उजुरीपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो,’ प्रहरी प्रवक्ताले भने, ‘एक १९ वर्षीय सन्दिग्धलाई कुटपीट र बलात्कारमा सहयोग गरेको आरोपमा र अर्का १९ वर्षीय सन्दिग्धलाई बलात्कारको आरोपमा पक्राउ गरिएको थियो ।’

यस विषयबारे द सन पत्रिकाले सबैभन्दा पहिले समाचार प्रकाशित गरेको थियो । यो घटना शुक्रबार भएको बताइएको छ । क्लबले ती खेलाडीहरूलाई कारबाही गरे/नगरेको खुल्न सकेको छैन ।

यसअघि म्यानचेस्टर युनाइटेडका मेसन ग्रिनवुडमाथि उनकी प्रेमिका र म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डीलाई एक महिलाले बलात्कारको आरोप लगाएका थिए । दुवै खेलाडीलाई क्लबले निलम्बन गरेको थियो । पछि अदालतले उनीहरूलाई सफाइ दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप