सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति

बुधबार, १२ वैशाख २०८१, १७ : २६
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जर्लहवामा आगलागी भएको छ । आगलागीका कारण ७० भन्दा बढी घर जलेको महोत्तरीका एसपी नकुल पोखरेलले रातोपाटीलाई बताए ।

८ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । बुधबार दिउँसो १ बजे अचानक आगो लागेको र हावा चलेका कारण तीव्र आगो फैलिएको एसपी पोखरेलले बताए । उनले भने,‘पशु चौपायाहरू आगलागीमा परेका छन् । क्षतिको यकिन विवरण लिँदै छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप