लागुऔषध चरेशसहित एक जना पक्राउ
मकवानपुर । मकवानपुरको नेवारपानीबाट लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानीबाट करिब ७ किलो लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गत वैशाख १० गते दिउँसो ४ः४५ बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९ नेवारपानीस्थित पूर्व पश्चिम सडकखण्डमा ६ किलो ९०० ग्राम लागु औषध चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार सो सडक खण्ड भएर काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना७ख २०१८ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा यात्रा गरिरहेका एक युवकको साथबाट सो परिमाणको लागुऔषध चरेस बरामद गरिएको हो ।
पक्राउ पर्नेमा बसमा सवार धादिङ गजुरी गाउँपालिका वडा नम्बर–८ किराञ्चोक बस्ने ३३ वर्षीय चिन बहादुर डिम्डुङ रहेको उनले बताए । शंकाका आधारमा उक्त बसमा सवार डिम्डुङलाई चेकजाँच गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा ६ किलो ९०० ग्राम लागुऔषध चरेस फेला परेको उनले बताए ।
पक्राउ परेका डिम्डुङलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण