गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
इस्लामावाद । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले युद्धग्रस्त गाजाप्रति आफ्नो समर्थन दोहोर्याएकी छिन् । पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसँग एक सांगीतिक कार्यक्रममा भाग लिएको भन्दै आफ्नो देश पाकिस्तानमा मलाला युसुफजाईको निकै आलोचना भइरहेको थियो ।
हिलारी क्लिन्टन हमासविरुद्ध इजरायलको युद्धको खुलेर समर्थन गरिरहेकी छिन् । ‘सफ्स’ नामको यस संगीतिक कार्यक्रमले २० औं शताब्दीमा अमेरिकी महिलाहरूको मताधिकारको आन्दोलनलाई चित्रण गर्छ ।
गत सातादेखि अमेरिकाको न्युयोर्कमा यो सांगीतिक कार्यक्रम प्रदर्शन भइरहेको छ । आलोचना पछि मलाला युसुफजाईले माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा बयान जारी गरेकी थिइन् ।
‘म चाहन्छु कि गाजाका जनताका लागि मेरो समर्थनबारे कुनै पनि भ्रम नहोस्’ उनले भनेकी छिन् । आफूले अन्तरराष्ट्रिय कानुनको उल्लङ्घन गरेको र युद्ध अपराध गरेकोमा इजरायली सरकारको निन्दा गरेको भन्दै यसलाई आफूले जारी राख्ने उनले बताएकी छन् ।
प्यालेस्टाइनमा नरसंहारको समर्थन गर्ने हिलारीसँग मिलेर यूसुफजाई जस्तो मानवअधिकारकर्मीले सांगीतिक कार्यक्रम गर्नु भनेको उनकै विश्वसनियतामा ठूलो धक्का भएको अनि यो देखेर आफूलाई निकै दुःख लागेको पाकिस्तानकी चर्चित पत्रकार मेहर तरारले लेखेकी छिन् ।
हिलारीसँग साझेदारी गर्ने मलालाको फैसला दिमाग खराब गर्नेवाला छ नै मन पनि दुखाउने खालको भएको पाकिस्तानी लेखक निदा किरमानीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण