आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी

बिहीबार, १३ वैशाख २०८१, १३ : ३६
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । भारतमा जारी आइपीएल क्रिकेट अन्तर्गत बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । खेलको नतिजा अन्तिम बलबाट निकाल्दै दिल्लीले रोमाञ्चक जित हासिल गरेको थियो ।

सोही म्याचपछि दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले एक क्यामेराम्यानसँग माफी मागेका छन् । उनले माफी मागेको भिडियो आइपीएलको सोसल नेटवर्किङ साइट ‘एक्स’ मा राखिएको छ । भिडियोमा पन्तले भनेका छन्, ‘माफ गर्नुस् देवाशीष दाइ !’

पन्तले ब्याटिङका क्रममा बाउन्ड्री बाहिर पुग्नेगरी प्रहार गरेको बल लागेर देवाशीष घाइते भएका थिए । उनी बीसीसीआईको प्रोडक्सन विभागका क्यामेराम्यान हुन् ।

दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक रिकी पोन्टिङसँगै देखिएका पन्तले भिडियोमा देवाशीषलाई सम्बोधन गर्दै अगाडि भनेका छन्, ‘मेरो उद्देश्य तपाईंलाई हिर्काउनु थिएन, तर मलाई लाग्छ कि तपाईंले ध्यान दिनुभयो होला । गुड लक ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप