दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी
काठमाडौँ । भारतमा जारी आइपीएल क्रिकेट अन्तर्गत बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । खेलको नतिजा अन्तिम बलबाट निकाल्दै दिल्लीले रोमाञ्चक जित हासिल गरेको थियो ।
सोही म्याचपछि दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले एक क्यामेराम्यानसँग माफी मागेका छन् । उनले माफी मागेको भिडियो आइपीएलको सोसल नेटवर्किङ साइट ‘एक्स’ मा राखिएको छ । भिडियोमा पन्तले भनेका छन्, ‘माफ गर्नुस् देवाशीष दाइ !’
पन्तले ब्याटिङका क्रममा बाउन्ड्री बाहिर पुग्नेगरी प्रहार गरेको बल लागेर देवाशीष घाइते भएका थिए । उनी बीसीसीआईको प्रोडक्सन विभागका क्यामेराम्यान हुन् ।
दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक रिकी पोन्टिङसँगै देखिएका पन्तले भिडियोमा देवाशीषलाई सम्बोधन गर्दै अगाडि भनेका छन्, ‘मेरो उद्देश्य तपाईंलाई हिर्काउनु थिएन, तर मलाई लाग्छ कि तपाईंले ध्यान दिनुभयो होला । गुड लक ।’
One of the camerapersons from our BCCI Production Crew got hit during the #DCvGT match.
— IndianPremierLeague (@IPL) April 24, 2024
Rishabh Pant - Delhi Capitals' captain and Player of the Match - has a special message for the cameraperson. #TATAIPL | @DelhiCapitals | @RishabhPant17 pic.twitter.com/wpziGSkafJ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण