मोहित शर्माको नामसँग जोडियो यो खराब कीर्तिमान
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा ४० औँ खेल बुधबार राति दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच खेलिएको थियो । उक्त खेलमा दिल्ली क्यापिटल्सले चार रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
त्यही खेलमा गुजरात टाइटन्सका बलर मोहित शर्माको नाममा पनि एउटा खराब कीर्तिमान जोडिन पुग्यो । मोहित शर्मा आईपीएलको इतिहासमा एउटै खेलमा सबैभन्दा बढी रन खर्चने बलर बन्न पुगेका छन् । उनले चार ओभरमा ७३ रन खर्चिएका थिए ।
मोहित शर्माले विकेट पनि लिन सकेनन् । उनले ३१ रन त आफ्नो अन्तिम ओभरमा दिएका थिए । उनले यो खराब कीर्तिमान बनाउने क्रममा बसिल थम्पीलाई पछि पारेका हुन् । यसअघि यस्तो खराब कीर्तिमान थम्पीको नाममा थियो ।
सन् २०१८ को आईपीएलमा यो कीर्तिमान थम्पीको नामसँग जोडिएको थियो । त्यतिबेला उनी सनराइजर्स हैदराबादबाट खेल्थे । उनले त्यतिबेला रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्धको खेलमा ७० रन खर्चिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण