आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मोहित शर्माको नामसँग जोडियो यो खराब कीर्तिमान

बिहीबार, १३ वैशाख २०८१, १४ : १५
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा ४० औँ खेल बुधबार राति दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच खेलिएको थियो । उक्त खेलमा दिल्ली क्यापिटल्सले चार रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

त्यही खेलमा गुजरात टाइटन्सका बलर मोहित शर्माको नाममा पनि एउटा खराब कीर्तिमान जोडिन पुग्यो । मोहित शर्मा आईपीएलको इतिहासमा एउटै खेलमा सबैभन्दा बढी रन खर्चने बलर बन्न पुगेका छन् । उनले चार ओभरमा ७३ रन खर्चिएका थिए ।

मोहित शर्माले विकेट पनि लिन सकेनन् । उनले ३१ रन त आफ्नो अन्तिम ओभरमा दिएका थिए । उनले यो खराब कीर्तिमान बनाउने क्रममा बसिल थम्पीलाई पछि पारेका हुन् । यसअघि यस्तो खराब कीर्तिमान थम्पीको नाममा थियो ।

सन् २०१८ को आईपीएलमा यो कीर्तिमान थम्पीको नामसँग जोडिएको थियो । त्यतिबेला उनी सनराइजर्स हैदराबादबाट खेल्थे । उनले त्यतिबेला रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्धको खेलमा ७० रन खर्चिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप