वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ । विभागले बुधबार पत्राचार गरी हवाई टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।
मलेसिया तथा मध्यपूर्वका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि श्रमिकहरूले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समय भन्दा तीन घण्टा अगाडि विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ । यसरी घण्टौँको यात्रामा पनि श्रमिकले खाना, खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरेले बताए ।
‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्कौँ नै तिर्नु अनि न्यूनतम खाना, खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरू भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनियो । त्यसैले सबैलाई बोलाएर छलफल गर्यौ,’ उनले भने । छलफलको निर्णय पनि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेका हौ ।
त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्राधिकार भित्र रहेको काम गर्न सचेत समेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण