आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ

बिहीबार, १३ वैशाख २०८१, १५ : १८
बिहीबार, १३ वैशाख २०८१

नयाँ दिल्ली ।  बलिउड अभिनेता अमिताभ बच्चनले गएको वर्ष ‘कौन बनेगा करोडपति’ को सेटबाट आँखाभरि आँसु बनाएर फ्यानहरूसँग बिदा मागेका थिए । त्यो भिडियो हेर्दा धेरैले केबीसीमा यो अमिताभको अन्तिम सिजन हो भन्ने अनुमान गरेका थिए ।

यसैबिच, बुधबार बिग बीले शो को सेटबाट केही तस्बिर शेयर गरेपछि उनका फ्यानहरूलाई छक्क पारेका छन् । पब्लिक डिमान्डमा अमिताभले यस शो को १६ औँ सिजन होस्ट गर्दैछन् ।

बुधबार आफ्नो ब्लगमा शो को सेटका केही तस्बिरहरू सेयर गर्दै अमिताभले बिहान ९ देखि ५ बजेसम्म ननस्टप सुटिङ गरिरहेको बताएका थिए । यस क्रममा उनले दिउँसोको खाना पनि कारमै खाइरहेको बताइएको थियो । नयाँ सिजन सुरु हुन गइरहेको भन्दै उनले दर्शकहरूबाट माया पाइरहूँ भनेका छन् ।

सेटमा आफ्नो दिनचर्याबारे बताउँदै अमिताभले लन्च टाइममा आईपीएलका खेलहरू हेर्ने गरेको बताएका छन् । म्याचअनुसार आफ्नो कामको समय पनि हेरफेर गर्ने गरेको उनले बताए ।

ब्लगमा बिग बीले आफ्नो कलेजका दिनहरू पनि सम्झिए । म्याच हुने दिन बिल्कुल फरक अनुभव हुने गरेको उनको भनाइ थियो । केबीसीको नयाँ सिजनका लागि अप्रिल २६ बाट दर्ता सुरु हुनेछ । अहिले शो का मेकरहरूले शो कहिले सुरु हुन्छ भन्ने कुराचाहिँ सार्वजनिक गरेको छैनन् ।

‘कल्की’मा अश्वथात्माको भूमिकामा देखिँदैछन् बिग बी

यतिबेला अमिताभ बच्चन आगामी ‘कल्की २८९८ एडी’ मा व्यस्त छन् । हालै निर्माण पक्षले फिल्ममा अमिताभको फर्स्ट लुक टिजर सार्वजनिक गरेका थिए । फिल्ममा अमिताभ गुरु द्रोणाचार्यका छोरा अश्वथात्माको भूमिकामा देखिएका छन् ।

फिल्ममा अमिताभका अलावा प्रभास, कमल हासन, दीपिका पादुकोण र दिशा पटानी जस्ता कलाकार पनि देखिनेछन् । फिल्म यही वर्ष मे ९ मा धेरै भाषामा रिलिज हुने भनिएको थियो । तर पछि फिल्मको रिलिज डेट पछाडि सारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप