आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी

बिहीबार, १३ वैशाख २०८१, १६ : २४
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको बिहीबार सम्पन्न दोस्रो खेलमा कर्णाली प्रदेशले जित हात पारेको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई पाँच विकेटले हरायो ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगितामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कोशी प्रदेशले १९.३ ओभरमा अलआउट हुनुअघि ९३ रनमात्र बनाउन सक्यो । जवाफमा कर्णाली प्रदेशले ६.३ ओभरमै केवल पाँच विकेट गुमाएर ९७ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो ।

कर्णाली प्रदेशको जितमा विपिन शाहीले ३८ रनको योगदान गरे । उनले केवल १२ बलमा एक छक्का र सात चौका हिर्काए । ओपनर मनिष थापाले पनि अविजित २७ रन बनाए । उनले १३ बलमा पाँच चौका प्रहार गरे ।

अर्जुन घर्तीले पनि १० बलमा दुई छक्का र दुई चौकाको मद्दतले २५ रन बनाए । कोशी प्रदेशका बलर दीपेश कँडेलले तीन र श्रवण यादबले दुई विकेट हात पारे । त्यसअघि कोशी प्रदेशका लागि ओपनर मिनाष थापाले ३५ रन बनाएका थिए ।

दीपेश कँडेलले पनि २४ रन जोडेका थिए । सौजन घिमिरेले टोलीको खातामा १८ रन थपे । कर्णाली प्रदेशका बलर दीपेन्द्र रावत र प्रकाश जैसीले तीन–तीन विकेट लिए । दिनेश अधिकारीले पनि दुई विकेट हात पारे । बिपिन शर्माले एक विकेट लिए ।

जारी प्रतियोगितामा अत्यन्तै निराशाजनक प्रदेर्शन गरेको कोशी प्रदेशको यो लगातार छैटौँ हार हो । हालसम्म खाता खोल्न नसकेको कोशी प्रदेश अंक तालिकामा सबैभन्दा तल छ । कोशी प्रदेशको टोली बागमती, लुम्बिनी, सुदूरपश्चिम, मधेश, गण्डकी र कर्णाली प्रदेशसँग पराजित भइसकेको छ ।

छैटौँ खेल खेलेको कर्णाली प्रदेशको भने यो चौथो जित हो । दुई खेलमा कर्णाली प्रदेश पराजित भएको छ । प्रतियोगितामा सातवटा टोली सहभागी छन् । लिग चरणमा प्रत्येक टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । लिग चरणपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप