आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ

बिहीबार, १३ वैशाख २०८१, १८ : ०२
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको साकुरीगढी नगरपालिका–५ घर भएका कुल बहादुर लिम्बु र झापाको दमक नगरपालिका–५ घर भएका विजय भण्डारी छन् । 

आरापीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । ५२ वर्षीय लिम्बुले २ लाख ५५ हजार र ३८ वर्षीय भण्डारीले ५६ लाख ठगेको आरोप छ । उनीहरूलाई कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप