नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ
काठमाडौँ । धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपाल बहादुर महत पक्राउ परेका छन् । आफ्नै विद्यालयबाट नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिलाउन खोजेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले नक्कली परीक्षार्थी खडा गरेको अभियोगमा उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको बताए । पक्राउ गरेका महतलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको एसपी अधिकारीले बताए ।
कक्षा १२ को परीक्षाका लागि आफ्नो भाइ सहित ५ जनाको नाममा नक्कली परीक्षार्थी खडा गरेको पाइएको थियो । यो विषयमा अनुसन्धान गर्नका लागि काठमाडौँ महानगरले प्रहरीलाई पत्राचार गरेको थियो ।
स्कुलले ५ जनाको नाममा भरेको परीक्षा फाराममा अर्कै व्यक्तिको फोटो टाँसेको पाइएको थियो । यो विषयमा शिक्षा मन्त्रालय हुँदै राष्ट्रिय परीक्षा बोर्डमा उजुरी परेको थियो । उजुरी परेलगत्तै बोर्डले नक्कली फाराम भरेका ५ जनाको परीक्षा रद्द गरेको थियो । त्यसरी रद्द गरिएकाहरूमा प्रिन्सिपल गोपालका भाइहरू दीपक महत, तिलबहादुर महत तथा प्रशान्त विष्ट, मुकेश चन्द, विवेक न्यौपाने रहेका छन् । बोर्डले पाँचै जनाको परीक्षा भने रद्द गरेको थियो ।
उक्त स्कुलबाट यो वर्ष १२ जनाले कक्षा १२ को वार्षिक परीक्षा दिन परीक्षा फारम भरेका थिए । तीमध्ये ५ जना विद्यार्थीको परीक्षा फारम नक्कली भरेको पाइएको हो । उनीहरूको फाराम रद्द गरेर बोर्डले थप ७ जनाको परीक्षा भने विशेष निगरानीमा गराउँदै आएको छ ।
स्कुलमाथि नै अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै बोर्डले उनीहरूलाई समेत निगरानीसहित परीक्षामा सामेल गराएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण