बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

धोनीको नाममा जोडियो अर्को कीर्तिमान

सोमबार, १७ वैशाख २०८१, १० : ५२
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिगको आइतबार राति खेलिएको खेलमा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदराबादलाई ७८ रनले हरायो । जितसँगै चेन्नई अंक तालिकाको तेस्रो स्थानमा उक्लन सफल भयो । चेन्नईले जारी सिजनमा नौ खेल खेल्दै पाँच जितको मद्दतले १० अंक बटुलेको छ ।

उक्त खेल टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीका लागि पनि विशेष रह्यो । धोनी आईपीएलमा एक सय ५० खेल जित्ने पहिलो खेलाडी पनि बनेका छन् । पूर्वकप्तान उक्त खेलमा धोनी पाँच रनमा अविजित रहेका थिए ।

धोनीले हालसम्म आईपीएलमा दुई सय ५९ खेल खेल्दै कुल पाँच हजार एक सय ७८ रन बनाइसकेका छन् । यस क्रममा उनले १३७.१४ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनले २४ वटा अर्धशतक पनि प्रहार गरेका छन् । 

आईपीएलको इतिहासमा धोनी सर्वाधिक सफल कप्तान पनि हुन् । उनले आफ्नो कप्तानीमा चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितिसकेको छ । धोनीका अतिरिक्त रोहित शर्माले मात्र मुम्बई इन्डियन्सलाई पाँच पटक आईपीएलको उपाधि जिताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप