धोनीको नाममा जोडियो अर्को कीर्तिमान
काठमाडौँ । इन्डियन प्रिमियर लिगको आइतबार राति खेलिएको खेलमा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदराबादलाई ७८ रनले हरायो । जितसँगै चेन्नई अंक तालिकाको तेस्रो स्थानमा उक्लन सफल भयो । चेन्नईले जारी सिजनमा नौ खेल खेल्दै पाँच जितको मद्दतले १० अंक बटुलेको छ ।
उक्त खेल टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीका लागि पनि विशेष रह्यो । धोनी आईपीएलमा एक सय ५० खेल जित्ने पहिलो खेलाडी पनि बनेका छन् । पूर्वकप्तान उक्त खेलमा धोनी पाँच रनमा अविजित रहेका थिए ।
धोनीले हालसम्म आईपीएलमा दुई सय ५९ खेल खेल्दै कुल पाँच हजार एक सय ७८ रन बनाइसकेका छन् । यस क्रममा उनले १३७.१४ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनले २४ वटा अर्धशतक पनि प्रहार गरेका छन् ।
आईपीएलको इतिहासमा धोनी सर्वाधिक सफल कप्तान पनि हुन् । उनले आफ्नो कप्तानीमा चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितिसकेको छ । धोनीका अतिरिक्त रोहित शर्माले मात्र मुम्बई इन्डियन्सलाई पाँच पटक आईपीएलको उपाधि जिताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण